१० जेष्ठ २०८१, बिहिबार

नेपाल-खनाल समूहले चियापान बहिस्कार गरेपछि छटपटीदै ओलीले गरे यतिसम्म गाली


ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले आफ्नो चियापान बहिस्कार गरेपछि कडा प्रश्न गरेका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले नेपाल-खनाल समूहलाई कसको चियापानमा पाए जानुहुन्छ भनेर प्रश्न गरेका छन् ।

चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एकथरी अनुहारका साथीहरु नदेखिएको बताए । ओलीले भने, ‘हिजो बेलुका मैले सुनेँ, बैठक बसेर निर्णय गर्नुभयो पार्टीको चियापानमा नजाने रे । प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको चियापानमा पाए जानुहुन्छ ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !