२१ बैशाख २०८१, शुक्रबार

नेपाल-खनाल समूह चियापान समारोह सहभागी नभएपछि ओलीले कडा प्रतिक्रिया


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित चियापान समारोहमा गुटगत भेलामा नजान पार्टीका नेता-कार्यकर्तालाई निर्देशन गरेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले पार्टी अनुशासन उल्लंघन गरे विधान र दलसम्बन्धी कानूनअनुसार कारबाही गर्ने बताए ।

ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भेला आयोजना गरेको र प्रतिवेदन पास गर्दैछन् भन्ने सुनेको बताए । ओलीले अराजकता, अनुशासनहीनता र एकताविरोधी क्रियाकलाप स्वीकार्य नहुने बताए ।

समारोहमा बोल्दै ओलीले भने , ‘अचाक्ली भो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो हुन सक्दैन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु