काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजार सदस्यीयदेखि २ सयमा झरेको छ । एमाले सँग एकता हुँदा माओवादीबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो ।
सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि आइतबार केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको थियो । एक नेताका अनुसार बैठकमा २ सय केन्द्रीय सदस्यहरु उपस्थित थिए । नेताका अनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २०० नै कायम हुनेछ । माओवादीको अर्को बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।