२ मंसिर २०८१, आइतबार

निर्वाचन आयोगलाई फेरि आइलाग्यो संकट : रुवाबासी गर्दै पुग्यो खनाल-नेपाल समूह आयोगमा


निर्वाचन आयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सर्वोच्च अदालतले सल्टयाइ दिएपछि तनाववाट मुक्त पाएको निर्वाचन आयोगलाई फेरि ठुलो संकट आइलागेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तानाशाही रुपमा गरेको एकलौटी निर्णयलाई वैधता नदिन माग गर्दै नेकपा एमालेको खनाल-नेपाल समूह रुवाबासी गर्दै आयोग पुगेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपाल समूहले अध्यक्ष ओलीले एकलौटी रुपमा गरेको निर्णय कार्यान्वयन नगराउन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । आज आइतबार खनाल-नेपाल समूहले अध्यक्ष ओलीले पार्टी एकलौटी रुपमा मनोनयन लगायतका निर्णय अनाधिकृत भएको भन्दै आयोगमा निवेदन दिएको हो ।

नेपाल समूहका ११ जना स्थायी समिति सदस्यको हस्ताक्षर सहित आयोगलाई प्रक्रिया रोक्न माग गरिएको हो । शुक्रबार अध्यक्ष पार्टीमा माओवादी केन्द्रबाट आएका २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुको साथै पार्टी पदाधिकारी खारेज गर्ने निर्णय गराएका थिए । निर्णय लगत्तै बसेको खनाल-नेपालको केन्द्रीय कमिटीको बैठकले ओलीको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

यस्तो छ खनाल-नेपाल समूहको ध्यानाकर्षण पत्र

निर्वाचन आयोगलाई खनाल-नेपाल समूहको ध्यानकर्षण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !