२२ बैशाख २०८१, शनिबार

ओलीको निशानामा अव माधव नेपाल : कस्तो होला त कारबाही ?


माधव कुमार नेपाल, केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निशानामा अव माधव नेपालतिर तेर्सिएको बुझिएको छ । ओलीले नेपाल लगायत उक्त पक्षका नेताहरुलाई कस्तो कारबाही गर्ने भन्ने बारेमा छलफल थालेका छन् ।

ओली समूहका एक नेताका अनुसार नेपाल लगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्ने गरी ओलीले छलफल थालेका हुन् । नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गर्दै हिँडेको, सरकार गिराउन तानाबाना बुनिरहेको जस्ता आरोप ओली पक्षको छ ।

ती नेताका अनुसार ओलीले शुक्रबारकै आफू निकटको केन्द्रीय समिति बैठकमा अनुशासनहीन काम गर्नेहरुलाई कारबाही गर्न चाहेका थिए । तर नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल लगायतले अहिले नै कारबाही गर्न नहुने भन्दै उनीहरुको थप गतिविधि हेरेर कदम चालिनुपर्ने सुझाव दिएका थिए ।

सोही बैठकबाट ओलीले माओवादी धारका नेताहरुलाई केन्द्रीय समितिमा मनोनयन गर्नुका साथै अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीको खारेज गरेका थिए । यस्तै माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा इन्चार्ज समेत तोकेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !