१४ बैशाख २०८१, शुक्रबार

पेरिसडाँडाबाट रुवाबासी गर्दै हिडेका नेपाल-खनाल समूहलाई ओलीले दिए यतिठुलो चेतावनी


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन नेताहरुलाई आग्रह गरेका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार कारबाही गर्ने बताएका छन् ।

ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गरेका छन् । ओलीले भने, ‘पेरिसडाँडाबाट रुवाबासी गर्दै हिँड्नु भएको थियो रे । केही दिन अर्याल होटलमा बास बस्नु भएको छ रे । प्रशस्त समय रहोस् भनेर ७ गते बैठक बोलाएको छु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !