२१ बैशाख २०८१, शुक्रबार

माधव, झलनाथ र बामदेव एकजुट भएर पार्टी फुटाउने तयारीमा, ओलीको राजनीति धरापमा


माधव नेपाल, झलनाथ खनाल

काठमाडौं । माधव नेपाल, झलनाथ खनाल र बामदेव गाैतम पक्ष एक भई ओलीलाई कारबाही गर्ने या नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने तयारी गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी नाम जुराएर उक्त पक्ष केन्द्रीय समिति र संसदीय दलमा ४०/४० प्रतिशत पुर्याउने गरी बढेको बुझिएको छ । ओलीलाई प्रधानमन्त्रीबाट जतिसक्दो छिटो हटाउने गरी रणनीति समेत बनेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरुलाई केन्द्रीय सदस्यमा सिमित पारेपछि फुटको अवस्थामा पुगेको हो । ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कारबाही गरेपछि फुटको संघारमा एमाले पुगेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !