७ मंसिर २०८१, शुक्रबार

जसपाका नेताहरुको देखियो दोहोरो चरित्र : नयाँ सत्ता समीकरणबारे छलफल गर्ने पुगे पेरिसडाडाँमा


पेरिस डाँडा

काठमाडौं । माओवादी केन्द्रको मुख्यालय पेरिसडाडाँमा जनता समाजवादी पार्टीका नेताहरु पुगेका छन् । सत्ता समीकरणबारे छलफल गर्न जसपाका नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाडाँ पुगेका हुन् ।

जसपाका नेताहरु नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा छन् । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुको दोहोरो चरित्र प्रदाफास भएको छ ।

उनीहरु कहिले प्रधानमन्त्री ओलीसंग सत्ता मोलमोलाई गर्न बालुवाटार दौडिन्छन भने कहिले नेपाली काँग्रेसका सभापति देउवाको निवास बुढानिलकण्ठ । अहिले भने उनीहरु नेकपा माओवादी केन्द्रको मुख्यालय कोटेश्वरस्थित पेरिसडाडाँ पुगेका छन् ।

उनीहरुको यो सत्ता मोहको दौड अहिलेका सूचना प्रविधिको विकासले धेरै नै सुसूचित भएका २१ औ शताब्दीका शिक्षित आम नेपाली जनताहरुले शुक्ष्म रुपमा हेरिरहेका छन् ।

नेपाली जनताले के भन्लान् भन्ने उनीहरुलाई थाहा भइकन पनि बुझ पचाईकन उनीहरु सत्ताको दौडमा भौतारिरहेका छन् । आगामी निर्वाचनमा उनीहरुको हालत के हुने हो त्यो भने हेर्न प्रतिक्षा नै गर्नुपर्ने हुन्छ । सत्ता साझेदारी गर्ने नै हो भने एउटासँग मिलेर गरे भई हाल्यो नि ।

नयाँ सत्ता समीकरणमा निर्णायक भूमिकामा आई पुगेको जसपाले आफ्नो साख जोगाउन नसक्ने हो भने यो पार्टीले जनतावाट ठुलो नै आलोचनाको शिकार हुनुपर्ने देखिन्छ ।

व्यक्तिगत स्वार्थ र सत्तामोहले जसपाभित्र नै संसदीय दलको नेता को हुने हो भनेर निर्णय गर्न नसकेको जसपाले पहिला आफू नै सच्चिनुपर्ने देखिन्छ । उक्त पार्टीको संसदीय दलको नेता चयन लगायत विषयबारे निर्णय गर्न हिजो भएको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक अनिर्णित भएको थियो ।

यो पनि पढ्नुहोस्

जसपाले पार्टीको संसदीय दलको नेता किन चयन गर्न सकेन् ?

बहुप्रतिक्षित जसपा संसदीय दलको बैठक जारी, के गर्ला निर्णय ?

सरकार र जसपाबीच आज पनि वार्ता हुँदै, होला त सहमति ?

बाबुराम भन्छन्, ‘जसपा मुसा दौडमा छैन है’ : होला त ओलीसँग सत्ता साझेदारी ?

एमाले र जसपा वीचको वार्ता सकारात्मक, जाला त सरकारमा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !