१२ बैशाख २०८१, बुधबार

जसपाले पार्टीको संसदीय दलको नेता किन चयन गर्न सकेन् ?


जसपा बैठक फाइल फोटो

काठमाडौँ । पार्टीको संसदीय दलको नेता चयन लगायत विषयबारे निर्णय गर्न आज भएको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक अनिर्णित भएको छ । सिंहदरबारमा अपराह्न शुरु भएको बैठकमा करिब दुई घण्टा दलको विधानका विषयमा छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन ।

विधानको मस्यौदा तयार गर्न दुई सदस्यीय कार्यदल गठन गरिएको छ । पार्टीका नेता अनिल झा र रामसहाय यादव रहेको कार्यदलले विधानमा समेट्नुपर्ने विषयवस्तुबारे छलफल र परामर्श गरी पूर्णता दिने जसपाले जनाएको छ ।

बैठकले संसदीय दलको विधान सम्बन्धमा छलफल गरेपनि केही विषय थपघट गर्नुपर्ने भएकाले त्यसलाई पूर्णता दिएर पारित गर्ने निर्णय भएको जसपाका नेता केशव झाले जानकारी दिनुभयो ।

विधान पारित भएपछि मात्रै संसदीय दलको नेता चयन गर्न बाटो खुल्ने उनको भनाइ छ । बैठकपछि जसपाका शीर्ष नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि उनकै निवास बुढानिलकण्ठ पुगेका थिए ।

अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई लगायतका नेता छलफलका लागि कांग्रेस सभापति देउवा निवास गएका नेता झाले बताए । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

जसपामा ३४ सांसद रहेकामा दुई जना निलम्बित रहेकाले हाल ३२ मात्र छन् । सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो । जसपाले बन्दी नेताकार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन लगायतको माग राख्दै आएको छ ।

यो पनि पढ्नुहोस्

बहुप्रतिक्षित जसपा संसदीय दलको बैठक जारी, के गर्ला निर्णय ?

सरकार र जसपाबीच आज पनि वार्ता हुँदै, होला त सहमति ?

बाबुराम भन्छन्, ‘जसपा मुसा दौडमा छैन है’ : होला त ओलीसँग सत्ता साझेदारी ?

एमाले र जसपा वीचको वार्ता सकारात्मक, जाला त सरकारमा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !