काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि साविकको नेकपाको अस्तित्व सकिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युत्याइ दिएर कानुनी रुपमा माधव नेपालसँग डिभोर्स भएपछि अत्तालिएका प्रचण्ड अचानक नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब बहुमत पुर्याउन अर्को दलका सांसद आवश्यक पर्ने अवस्था र ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ गठबन्धन बन्न सक्ने चर्चाबीच प्रचण्ड र देउवाबीच भएको भेटघाटलाइ राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) र नेपाली काँग्रेससँग नयाँ सत्ता समीकरण सोच बनाएका प्रचण्डलाई जसपाका अध्यक्ष महन्थ ठाकुरले धोका दिएपछि उनि देउवालाई भेट्न गएका हुन् । जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई केपी ओलीको नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएपछि प्रचण्ड मंगलबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । उनीहरूबीच २० मिनेट कुराकानी भएपनि के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन । देउवालाई भेटेर प्रचण्ड फर्किसकेका छन्।
आजै नेकपा माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो । संसद बैठक र सरकारबारे दलहरूसँग छलफल गर्ने नेकपा माओवादी केन्द्रको निर्णय गरेको थियो ।