काठमाडौँ । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्य्युनिष्ट पार्टी (ने क पा) निर्वाचन आयोगले खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) उत्प्रेषणको आदेशबाट बदर भएको बताउँदै आयोगले दर्ता नम्बर १४५ मा दर्ता रहेको नेकपा खारेज गरेको विज्ञप्ति मार्फत जनाएको हो ।
उक्त दल खारेज सम्बन्धिको विषय एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई जानकारी दिने पनि आयोगले जनाएको छ । सर्वोच्च अदालतको फैसलापछि साविकको राजनीतिक रुपमा विभाजन भएको ओली समूहले दिपावली गरेको छ भने प्रचण्ड समूहमा खग्रास सुर्य ग्रहण लागेको छ ।
यस्तो छ निर्वाचन आयोगले निकालेको प्रेस विज्ञप्ति
यो पनि पढ्नुहोस्
एमाले र माओवादीलाई आयोगले दियो यतिठुलो मौका : एकीकरणको लागि १५ दिनभित्र निवेदन पेस गर्नुपर्ने