९ जेष्ठ २०८१, बुधबार

निर्वाचन आयोगलाई ५ पूर्वप्रमुख आयुक्तले भने, ‘नेकपा विवादमा छिटो निर्णय देऊ’


सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङ

काठमाडौँ । पूर्वप्रमुख निर्वाचन आयुक्तहरु राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवादबारे प्रचलित कानून र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

नेकपामा आधिकारिकता विवादमा ढिलाइ गरेको भन्दै पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले आयोगको निर्णय क्षमता र स्वायत्ततामा उठेको प्रश्नले आफूहरुलाई गम्भीर बनाएको पनि बताएका छन् । आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा असर पार्ने भन्दै त्यसतर्फ गम्भीर रहन उनीहरूले आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भिर बनाएको छ ।”

निर्वाचन आयोगलाई ५ पूर्वप्रमुख आयुक्तको आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !