४ जेष्ठ २०८१, शुक्रबार

२ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा सहिदको तस्वीर खोज्दै राजपा


pradesh 2

२१ माघ, जनकपुरधाम । २ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठकमा  राजपाका सांसदहरुले मधेस आन्दोलनका सहिदका तस्वीर नराखेको भन्दै बैठक सुरु हुनासाथ अवरुद्ध भएको छ । बैठक सुरु हुनासाथ राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न माग गर्दै विरोध गरेका हुन् ।

सभामुखको आसन अगाडि जनआन्दोलनका सहिदहरुको तस्वीर राखिएको छ । त्यहाँ मधेस आन्दोलनका सहिदको तस्वीर किन राखिएन भन्दै सुमनले आपत्ति जनाए । मधेस केन्द्रित दलका सांसदहरुले विरोध जनाइरहँदा एमाले सांसदहरुले बैठक अवरुद्ध गर्न नपाइने भन्दै आपत्ति जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !