१४ बैशाख २०८१, शुक्रबार

विप्लवको समूहबाट सरकारसँग वार्ता गर्न प्रकाण्डसहित २ सदस्यीय टोली गठन


खड्गबहादुर विश्वकर्मा र उदय चलाउने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समूहले सरकारसँग वार्ता गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहितको २ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

विप्लव समूहले आज मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएको छ ।

विप्लवद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,’नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ ।’

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले विप्लव नेतृत्वकाे नेकपासँग वार्ता गर्न दुई सदस्यीय वार्ता समिति गठन गरेकाे जानकारी दिएका छन् ।

सरकारको तर्फवाट वार्ता समितिका संयाेजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ रहेका छन् भने सदस्यमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् । मन्त्री गुरुङले अव छिट्टै सो समूहको पनि वार्ता टोली सार्वजनिक हुने र छलफल अघि बढने जानकारी दिएका थिए ।

ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि प्रतिबन्धित विप्लव नेतृत्वको पार्टीलाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।

विप्लवको समूहबाट सरकारसँग वार्ता गर्न प्रकाण्डसहित २ सदस्यीय टोली गठन

यो पनि पढ्नुहोस्

विप्लव समूहले सरकारसँग वार्ता गर्न कसको नेतृत्वमा वार्ता टोली पठाउला ?

विप्लव समूहको पनि छिट्टै वार्ता टोली सार्वजनिक हुने

सरकारद्वारा विप्लव नेतृत्वकाे नेकपासँग वार्ता गर्न दुई सदस्यीय वार्ता समिति गठन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !