१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते संसद् अधिवेशन आह्वान


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार फागुन २३ गते सोमबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोही अनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको जानकारी दिएका छन् ।

फाल्गुन १४ गते शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको थियो । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले गत फागुन ११ गते बदर गर्दै प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला गरेको थियो ।

सर्वोच्च अदालतले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेकोले मन्त्रिपरिषद्ले संघीय संसद् अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक बोलाएकी हुन् ।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने छ ।

यस्तो छ राष्ट्रपति कार्यालयले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ राष्ट्रपति कार्यालयले निकालेको प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

फागुन २३ गते संसद बैठक बोलाउन सरकारद्वारा राष्ट्रपतिलाई सिफारिस

प्रधानमन्त्री ओलीले चाल्न सक्ने भावी रणनीतिक कदमहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !