२१ बैशाख २०८१, शुक्रबार

१ नम्बर प्रदेशको मन्त्रालय लाग्यो टुंगो


१९ माघ, विराटनगर । प्रदेशका मुख्य सचिव यादवराज कोइराला कार्यक्षेत्र आएसँगै प्रदेश नम्बर १ को मन्त्रालय राख्ने भवनको टुंगो लागेको छ । शुक्रबार साँझ पत्रकारसँग कुराकानी गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मन्त्रालय रहने भवनको टुंगो लगाएको जानकारी दिएका हुन् ।
टुंगो लगाइएका मन्त्रालयमा मुख्यमन्त्रीको कार्यालय क्षेत्रीय कृषि निर्देशनालयको भवनमा हुनेछ । शुक्रबार बिहान प्रदेशका मुख्य सचिव विराटनगर आएका थिए ।
कार्यालय समय सुरु भएसँगै विराटनगरका सरकारी कार्यालयका प्रमुख तथा सुरक्षा निकायका पदाधिकारीको बैठक बसेको थियो । त्यसपछि बसेको बैठकले तत्कालका लागि मन्त्रालय राख्ने भवनको टुंगो लगाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !