१२ असार २०८१, बुधबार

ओलीविरुद्ध यसरि खनिए सुवास नेम्वाङ, ‘हामी चुनावको पक्षमा जबरजस्त रुपमा उत्रिए’


सुवासचन्द्र नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्न लाग्दा आफूले विघटन गर्न ठीक नहुने भन्दै सुझाव बताएका बताएका छन्।

सुवास नेम्वाङले पत्रकार ऋषि धमलासंग कुरा गर्दै आफूले प्रधानमन्त्री ओलीसँग संसद विघटन गर्न हुँदैन् भनेर आफ्ना कुरा राखेको पनि उनले उल्लेख गरे । संसद् विघटन नगर्नको लागि आफूले प्रधानमन्त्री ओलीलाई भनेको उनको भनाई थियो ।

कानूनी र राजनीतिक रुपमा संसद् विघटन गर्न ठीक नहुने कुरा आफूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको पनि सुनाए । तर, सर्वोच्च अदालतको फैसला नआउँदा आफूहरु चुनावको पक्षमा जबरजस्त रुपमा उत्रिएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !