१४ बैशाख २०८१, शुक्रबार

२६९ सांसदहरुले प्रतिनिधिसभाको शुन्य अवधिको तलब भत्ता एकैचोटी पाउने


संसद

काठमाडौं । प्रतिनिधिसभाका २६९ सांसदहरुले बैठक नबसेको झन्डै ३ महिनाको शुन्य अवधिको तलब भत्ता पाउने भएका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको अवधिमा नपाएको तलब सांसदहरुले अब एक मुष्ठ रुपमा पाउने भएका हुन् ।

गत फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेपछि गत पुस ५ गतेदेखि शून्य अवस्थामा रहेको अवधिको पनि तलब पाउने संसद सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयका अनुसार संसदहरुले संसद विघटन भएको अवधिको तलब पनि पाउने भएका हुन् ।

प्रतिनिधिसभामा २७५ सदस्यमध्ये विभिन्न कारणले ६ जनाको पद रिक्त रहेकोले २६९ जना संसदहरु मात्र रहेका छन् । उनीहरुले फागुन महिनाको तलब लिँदा पुस र माघको तलब पनि एकैसाथ पाउने भएका हुन् ।

प्रत्येक सांसदले प्रतिमहिना तलब भत्ता गरी ६५ हजार भन्दा बढी तलव पाउने गरेका छन् । प्रतिनिधिसभाका सांसदहरुको निम्ति मासिक लगभग २ करोड रुपैयाँ हाराहारी तलब भत्तामा खर्च हुने गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु