१३ पुस २०८१, शनिबार

प्रदेश सरकार पनि पुनर्गठन हुने संकेत, यी मुख्यमन्त्रीहरुको पद खतरामा


मुख्यमन्त्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद मंगलबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरे पनि यथास्थिति मै छ । नेकपा विवादको गर्दा प्रभाव संघीय सरकारदेखि प्रदेश सरकारसम्म परेको छ । प्रदेश सरकार पनि पुनर्गठन हुने देखिएको छ ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा ओली समूहका मुख्यमन्त्री छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रचण्ड-माधव समूहका मुख्यमन्त्री छन् । प्रदेश २ मा जसपा नेपालको सरकार छ । प्रचण्ड-माधव समूहले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई निशानामा राख्ने देखिन्छ । उनीहरुमाथि अविश्वासको प्रस्ताव ल्याएर हटाउने आवश्यक तयारीमा सो समूह जुटेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !