१२ बैशाख २०८१, बुधबार

ओली जस्तो आतंककारीहरुको दिन सकियो, यो जनताको जित हो : रामकुमारी झाक्री


रामकुमारी झाँक्री File Photo

काठमाडौं । प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले प्रधानन्यायाधीशसहित माननीय न्यायधिश ज्यूहरू प्रति हार्दिक धन्यवादव्यक्त गरेकी छिन् । नेतृ झाक्रीले समग्रमा यो जनताको जित भएको बताइन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै नेतृ झाक्रीले लेखेकी छिन्,‘प्रधानन्यायाधीश सहित माननीय न्यायधिश ज्यूहरू प्रति हार्दिक धन्यवाद।हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्धान वरिष्ट कानून व्यवसायी र कानून व्यवसायीक मित्रहरू प्रति हार्दिक आभार प्रकट गर्दछु।समग्रमा यो जनताको जित हो। कानुनी राज्य र लोकतन्त्रको जित हो।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !