१३ बैशाख २०८१, बिहिबार

प्रचण्ड भन्छन्, ‘राष्ट्रपति हटाउनेतिर हामीले सोचेकै छैनौं’


प्रचण्ड फाइल फोटो

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाउनेबारे आफूहरूले नसोचेको बताएका छन् ।

उनले बिबिसी नेपालीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीलाई ‘ब्ल्याकमेल’ गर्ने कोसिस गरेको भएपनि आफूहरुले कहिल्यै त्यसो नगरेको बताए ।

प्रचण्डले ओलीलाई अध्यक्ष मानेर जाने सम्भावना नरहेको बताउँदै दलहरूसँग समझदारी गरेर अगाडिको बाटो तय गर्ने बताए । कांग्रेस सभापति शेरबहादुरसँग आफूले यसबारे कुरा गरिसकेको बताउँदै प्रचण्डले थप कुराकानी भने चितवनबाट फर्केपछि हुने बताएका छन् ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक फैसला रहेको बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !