१४ बैशाख २०८१, शुक्रबार

महेश बस्नेत दु:खित हुँदै भने, ‘अदालतको फैसलापछि मुलुक अस्थिरतामा, पार्टी एकता नगरे ओलीसहित सबै नेता सडकमा’


काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने बताएका छन् । नेता बस्नेतले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नुपर्ने बताएका छन् ।

नयाँ-नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढेको भन्दै अब विभाजित नेकपालाई एकता गराउनेतिर लाग्नु राम्रो हुने नेता बस्नेतले बताए । संसद् पुनर्स्थापनाले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको हातमा राजनीतिक खेल भएको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !