११ बैशाख २०८१, मंगलबार

प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा किन अचानक पुगे सर्वोच्च अदालत ?

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेट


चाेलेन्द्र शमशेर जबरा र पूर्णचन्द्र थापा

काठमाडौँ । प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । आज साेमबार दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको सर्वाेच्च अदालत स्राेतले जानकारी दिएको छ ।

प्रधानसेनापति थापा प्रधानन्यायाधीश जबरालाई भेट्न सर्वोच्च अदालत पुगेका हुन् । अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने पुरा खुलाइएको छैन ।

तर प्रधानन्यायाधीश र प्रधानसेनापति बीच सर्वाेच्च अदालत पछाडि सेनाकाे क्याभलरी रहेकाे जग्गा सर्वाेच्चका नाममा नामसारी गर्ने विषयमा छलफल गर्न थापा जबरालाई भेट्न सर्वोच्च अदालत गएको भन्ने स्रोतले जानकारी दिएको छ ।

अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालत परिसरको निरीक्षण समेत गरेका थिए । अदालतकाे परिसर साँघुराे भएकाे भन्दै सर्वोच्चले सेनाकाे क्याभलरीकाे जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो ।

तर, सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर ‘हेर्दाहेर्दै’मा रहेकाे अवस्थामा भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचकाे भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !