१२ बैशाख २०८१, बुधबार

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश


प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश फाइल फोटो

विराटनगर । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रचण्ड-नेपाल समूहले राईविरुद्ध पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच प्रदेश १ प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको हो । मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड-नेपाल समूहका सांसद ईन्द्र आङ्बोले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

अविश्वास प्रस्ताव पेस गर्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिपछि आङ्वोले प्रस्ताव पेश गरेका हुन् । आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गते सम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !