१२ आश्विन २०८१, शनिबार

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त


प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

काठमाडौं । प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई आज शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै बर्खास्त गरेपछि झालाई नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै ‘नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको’ जनाएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’

राष्ट्रपति कार्यालयकाद्वारा प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त जारी विज्ञप्ति

यो पनि पढ्नुहोस्

प्रदेश २ को प्रमुख तिलक परियार पदमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !