७ मंसिर २०८१, शुक्रबार

मुख्यमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउन मूल समारोह समिति गठन


शेरधन राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यरूपले मनाउन प्रदेशस्तरीय मूल समारोह समिति आज यहाँ गठन गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको छलफलमा आगामी फागुन ६, ७ र ८ गते तीन दिन दीपावली, सरसफाइ, प्रभातफेरी र फलफूल वितरण गरिने निर्णय भएको छ ।

मूल समारोह समितिले फागुन ६ गते सरकारी कार्यालय तथा नगरको सरसफाइ एवं साँझ दीपावली, ७ गते बिहान ७ बजे ट्राफिक चोकमा भेला भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी, साँझ दीपावली र ८ गते कोशी अस्पताल, वृद्धाश्रम र अनाथाश्रममा फलफूल वितरण तथा साँझ दीपावली गर्ने कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सो अवसरमा मुुख्यमन्त्री राईले प्रजातन्त्र दिवसमा सबैलाई सहभागी हुुन आग्रह गर्दै प्रजातन्त्र प्राप्त भएको ऐतिहासिक दिन भएकाले यसको विशेष महत्व रहेको बताउनुभयो । उहाँले विगतमा परम्परागत रुपमा मनाउँदै आएको यो दिवस यसपल्ट भव्य र नयाँ ढङ्गले हर्षोल्लासका साथ मनाउने जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान अवस्थामा प्रजातन्त्र दिवसको महत्व बढेर गएको बताउनुुभयो । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले फागुन ७ गते नेपालमा ठूलो परिवर्तन आएकाले धुमधामका साथ मनाउन सबैसँग आग्रह गर्नुभयो । आन्तरिक तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलको अध्यक्षतामा २० सदस्यीय समारोह व्यवस्थापन उपसमितिसमेत गठन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !