१४ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्री र सभामुखका उम्मेदवार छनोट गर्नको लागि एमाले बैठक बस्दै


१६ माघ, काठमाण्डौ । एमालेले प्रदेश सभाका मुख्य मन्त्री, सभामुख र उपसभामुखको उम्मेदवार चयनबारे पार्टीभित्र छलफल सुरु गर्दैछ । माओवादी केन्द्रसँग भागवण्डा मिलेसँगै एमालेले आफ्नो भागमा परेका पदमा उम्मेदवार टुंगो लगाउन छलफल थालेको हो ।

६ वटा प्रदेशमध्ये नेकपा एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशमा मुख्यमन्त्री पाउनेछ । प्रदेश नम्बर १, ३, ६ र ७ मा सभामुख र ४ र ५ नम्बर प्रदेशमा उपसभामुख एमालेको भागमा परेको छ । मंगलबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटीको बैठकमा उम्मेदवार चयनबारे छलफल हुन लागेको हो ।

एमाले सचिव प्रदिप ज्ञवालीले बैठकमा प्रदेशको संसदीय दलको नेता चयनबारे छलफल हुने बताए । नम्बर प्रदेश संसदीय दलले शंकर पोख्रेललाई नेता चयन गरेपनि बाँकी प्रदेशमा नेता चयन हुन बाँकी छ । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले पहिला संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाइने सचिव ज्ञवालीको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !