६ जेष्ठ २०८१, आइतबार

१ नम्बर प्रसेशवाट राष्ट्रियसभामा ६ जना निर्विरोध


hari-charan-sewakoti

१५ माघ,विराटनगर । राष्ट्रियसभा निर्वाचनमा १ नम्बर प्रसेशवाट खुल्लातर्फका तीन जना पनि निर्विरोध निर्वाचित भएका छन् । खुल्लातर्फ चार जनाको उम्मेदवारी दर्ता भएकामा नेकपा एमालेका खड्गबहादुर बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । बस्नेतको उम्मेदवारी फिर्ता भएपछि एमालेका परशुराम मेघी गुरुङ (संखुवासभा) र हरिचरण सिवाकोटी (झापा) तथा नेपाली कांग्रेसका रमेशजंग रायमाझी (मोरङ) निर्विरोध निर्वाचित भएका हुन् ।

महिला कोटामा एमालेकी नैनकला ओझा (मोरङ), माओवादी केन्द्रकी विना पोखरेल (मोरङ) र कांग्रेसकी सरिता प्रसाईं (झापा) निर्विरोध भएका हुन् । राष्ट्रियसभामा प्रदेशवाट निर्वाचित हुने आठ जनामध्ये छ जना निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले सोमबार गरेको छ। अब दुई पदको मात्र निर्वाचन हुने १ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !