६ बैशाख २०८१, बिहिबार

प्रचण्ड-नेपाल समूहले फागुन ६ गते टुँडिखेल वरिपरि मानव साङ्लो बनाउने

प्रचण्ड-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा


प्रचण्ड-नेपाल समूह

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले फागुन ६ गते टुँडिखेल वरिपरि मानव साङ्लो बनाउने भएको छ । आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उक्त समूहको केन्द्रीय संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनरत नेकपाको उक्त समूहले गत माघ २८ गते काठमाडौंमा प्रदर्शन र जनसभा गरेको थियो । उक्त समूहका एक नेताका अनुसार प्रतिनिधि सभा विघटन सच्याउन थप आन्दोलन गर्न लागिएको हो ।

जसअनुसार २०७७ फागुन ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम गर्ने भएको हो ।

प्रचण्ड-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

प्रचण्ड-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !