१४ बैशाख २०८१, शुक्रबार

भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग काँग्रेसको माग


शेर बहादुर देउवा, भागिरथी भट्ट र केपी ओली

काठमाडौँ । नेपाली काँग्रेसले बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै भट्टको हत्या घटनाको अनुसन्धान तिव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न माग गरिएको छ ।

बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नुलाई गम्भिर रूपमा लिएको बताइएको छ । साथै बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन कांग्रेसको माग गरेको छ । बलात्कारका घटना बढ्नु चिन्ताको विषय भएको कांग्रेसको ठहर रहेको छ । विकसित मुलुकमा पनि यस्तै हुन्छ भन्ने जिम्मेवार तहको गैरजिम्मेवार जवाफले सरकारको उदासिनता प्रकट गरेको कांग्रेसको भनाइ छ।

उक्त बिज्ञप्तिमा भनिएको छ, ‘बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ। अतः अनुसन्धान तीब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ ।’

‘शान्ति स्थापना र संविधान निर्माण पश्चात देशमा अमन चयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षीत बन्नेछ भन्ने विश्वास वितेका बर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको छ। अनेक प्रकृतिको हिंसासंगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही बर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानूनको कठघराभन्दा बाहिरै छन्,’ उनले भनेका छन्, ‘महिला उपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जांदा राज्यले बिशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकार समक्ष माग गर्दै नेपाली कांग्रेस यस्ता घटना विरुद्ध सिंगो समाजको सजगताका लागि अपिल गर्दछ ।’

भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीसँग काँग्रेसको माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !