४ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री ओली किन अचानक पुगे निर्वाचन आयोग ?

प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोग


केपी ओली र निर्वाचन आयोग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगको कार्यालय पुगेका हुन् ।

प्रधानमन्त्री ओली ११ः५५ बजे आयोग पुगेका छन् भने उनी भन्दा अघि नै ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु आयोग पुगेका थिए । गत माघ १६ गते नेकपाका दुवै समूहलाई आयोगले बोलाएको थियो ।

आयोगले बोलाएपछि प्रचण्ड-नेपाल समूह आयोग कार्यालय पुगेर आधिकारिकता दाबी गरेका थिए तर ओली भने गएका थिएनन् । नेकपाका दुवै समूहका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएपनि आयोगले दुवै समूहको दाबी नपुगेको भन्दै आएको छ ।

मन्त्रिपरिषदले हिजो गरेको निर्णय अनुसार पहिलो र दोस्रो चरणको चुनाव हुने जिल्लाको बारेमा समेत छलफल गर्न ओली सहित उनको समूहका नेताहरु आयोग गएका हुन् ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !