२० बैशाख २०८१, बिहिबार

संवैधानिक इजलासमा वकिलले बहस गर्दा थर्काउँदै प्रधानन्यायाधीशले हाहाहा… भन्दै उडाएपछि…


चोलेन्द्र शम्शेर जबरा फाइल फोटो

काठमाडौं । संवैधानिक इजलासमा सोमबार बहस सुरु भएदेखि नै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समय पालनामा कडाइ गरेका छन् । संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको बहसमा ईश्वरीप्रसाद भट्टराईलाई १५ मिनेट समय तोके पनि ३० मिनेट बहस गरेपछि जबराले बहस टुंग्याइहाल्न आग्रह गरे ।

भट्टराईले म टुंग्याइहाल्छु भन्दै बहस अघि बढाउन खोज्दा प्रधानन्यायाधीश जबरा आवेशमा आए । सीपी रेग्मीले बहस थालेपछि उनले फेरि भने, ‘मुख्य बुँदा भनेर बहस नोट दिँदा हुन्छ ।’ रेग्मीको १५ मिनेट समय सकिएपछि जबराले भनिहाले, ‘ठीकै छ अब बस्नुस् (हाहाहा…) । छोडिहाल्नुस्, बन्द गरिहाल्नुस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !