१२ बैशाख २०८१, बुधबार

सिन्धुलीमा प्रचण्ड-नेपाल र ओली समूहबीच झडप


सिन्धुलीमा प्रचण्ड-नेपाल र ओली समूहबीच झडप

सिन्धली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आज बिहीबार एकदिन देशव्यापी आमहड्तालका क्रममा आन्दोलनकारी प्रचण्ड-नेपाल समूह र ओली समूहबीच सिन्धुलीमा झडप भएको छ ।

प्रचण्ड-नेपाल समूहले बिहीबार आह्वान गरेको बन्दमा सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित शान्तिनगर चोकमा दुई समूहबीच झडप भएको हो । ओली समूहका केन्द्रीय सदस्य शान्तिमान कार्की लगायतले बन्दको उल्लंघन गरेको भन्दै प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको हो ।

ओली समूहका नेता कार्यकर्ता मोटरसाइकलमा कमलामाई नगरपालिका-६, २ नम्बर बजारदेखि ढुङ्गेबास जाँदै गर्दा प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज कमलजंग राई लगायतका नेता कार्यकर्ता बीच शान्निगरमा झडप भएको हो ।

तर, नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष राजन दाहालले झडप नभएको बरु बन्दको अबज्ञा गर्नेहरुलाई संझाई बुझाई गरिएको बताए । उता झडपमा संलग्न नेता कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही गर्न ओली समूहले माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !