७ बैशाख २०८१, शुक्रबार

सरकारको निर्णयप्रति प्रचण्ड-नेपाल समूह आक्रोशित, भोलि देशव्यापी आमहड्ताल गर्ने

प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहड्ताल गर्ने


प्रचण्ड-नेपाल समूहको नेकपा स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहड्तालको घोषणा गरेको छ । आज बुधबार दिउँसो २ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त समूहले भोलि देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै त्यसको विरोधमा आक्रोशित हुँदै बिहीबार देशव्यापी आमहड्ताल सहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको पत्रकार सम्मेलनमा सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

आम हड्तालमा बजार, शिक्षण संस्था, यातायात लगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ । त्यसका लागि आजै साँझ मसाल जुलुस निकालिने पत्रकार सम्मेलनमा नेता श्रेष्ठले जानकारी दिदै श्रेष्ठले यसबेल मुलुक गम्भीर संकटमा रहेको बताएका छन् ।

उनले प्रतिगमन तीव्र गतिमा अघि बढेको भन्दै त्यसको निरन्तर प्रतिरोध गरिने पनि बताए । उनले आम हड्ताल गर्नु आफूहरुको बाध्यता रहेको पनि बताएका छन् । यसअघि प्रतिनिधिसभा विघटन विरुद्धको जारी तेस्रो चरणको संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आम हड्ताल घोषणा गरिएको उक्त समुहले जनाएको छ । साथै उक्त समूहले थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको श्रेष्ठले जानकारी दिएका छन् ।

प्रचण्ड माधव पक्षले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाईएकोमा सो पक्षले भत्र्सना गरेको पनि गरेको छ । त्यस्तै प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न आवश्यक रहेकाले सवैलाई सहयोग गर्न आग्रह पनि गरेको छ ।

नेपाल सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुलाई आज बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गराइएको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएपछि उक्त समूह थप आक्रोशित भएको हो ।

यो पनि पढ्नुहोस्

प्रचण्ड-नेपाल समूहले किन गर्दैछ आकस्मिक पत्रकार सम्मेलन ?

संवैधानिक निकायमा सिफारिस गरिएका पदाधिकारीहरुले लिए शपथ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !