१२ जेष्ठ २०८१, शनिबार

अख्तियारले अनुसन्धान बढाएपछि चूडामणि शर्मा फरार


chunamani sharma

१२ माघ, काठमाण्डौ । अकुत सम्पत्ति आर्जनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन जारी राखेका आन्ततिरक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा फरार भएको समाचारलाई आज विभिन्न पत्रपत्रिकाहरुले लेखेको छ ।

कर फट्र्यौट आयोगको मुद्दामा विशेष अदालतवाट एक करोड धरौटीमा छुटेका शर्मालाई अख्तियारले अकुत सम्पत्तिको अनुसन्धानमा तानेको थियो । अनुसन्धान अन्तिम चरणमा पुग्न लाग्दा शर्मा फरार भएका हुन् । शर्माले तीनपटक अख्तियारमा बयान दिएका थिए ।

समाचार अनुसार, बयानकै क्रममा उनले आफू बिरामी परेकाले बयानका लागि आउन नसक्ने निवेदन अख्तियारमा पेश गरेका थिए । अख्तियारले पटकपटक बयानमा बोलाउँदा पनि शर्मा अख्तियार नगएको स्रोतको हवाला दिँदै विभिन्न दैनिक पत्रपत्रिहरुले समाचार लेखेको छ ।

शर्मा फरार भएसँगै अख्तियारले उनका नाममा पुर्जी काटेको छ । यद्यपि, उनी फेला परेका छैनन् । अख्तियारले उनलाई जहाँ भेट्यो त्यहीँ समात्ने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !