७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूह नेकपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने


प्रचण्ड-नेपाल समूह नेकपाको केन्द्रीय समिति बैठक फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको बैठक भोलि सोमबार बस्ने भएको छ । सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बिहान ११ बजे बस्ने कार्यसूची छ । नेकपाको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो । यसैबीच नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिएको थियो ।

धर्नामा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत विघटित प्रतिनिधिसभाका सदस्य एवं नेता तथा कार्यकर्ताको सहभागिता थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !