६ जेष्ठ २०८१, आइतबार

राष्ट्रियसभा सदस्यका लागि प्रदेश ६ मा १२ जनाको उम्मेदवारी दर्ता


१० माघ, सुर्खेत । प्रदेश ६ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ जनाको मनोनयन दर्ता भएको छ । नेकपा एमालेका ५, माओवादी केन्द्रका ३ र नेपाली कांग्रेसका ४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय सु्र्खेतमा रहेको प्रदेश नम्बर ६ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार मनोनय दर्ता भएको हो । मनोनयन दर्ता गर्नेहरुमा एमालेको तर्फवाट नरपति लोहार, नन्दा शर्मा -चपाई), कविता बोगटी, भैरवसुन्दर श्रेष्ठ र ठकेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रवाट कालिबहादुर मल्ल, जीवनबहादुर बुढा र युटुल तामाङले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसवाट गोपालप्रसाद शर्मा, विष्णु शाही, सूर्यदेवी मल्ल र मित्रलाल सार्कीको मनोनयन दर्ता भएको छ । निर्वाचनमा प्रदेश ६ का गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ५८ जना तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकका ४० सदस्य गरी कुल १९८ जनाले मदतान गर्ने निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !