७ जेष्ठ २०८१, सोमबार

असीमित अधिकार कसैसँग पनि छैन : प्रधानन्यायाधीश


gopal parajuli

७ माघ, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीले निरपेक्ष र असीमित अधिकार कसैसँग पनि नरहेको बताएका छन् । प्रेस काउन्सिल नेपालले सञ्चालनमा ल्याएको अनलाइन उजुरी प्रणालीको आइतबार शुभारम्भ गर्दै प्रधानन्यायाधीश पराजुलीले यस्तो बताएका हुन् ।

नेपालको प्रत्येक प्रजातान्त्रिक आन्दोलनमा प्रेसजगत्को महत्वपूर्ण भूमिका रहेको पराजुलीले बताए । जनताको सञ्चार माध्यम माथिको विश्वास चुलिएसँगै सञ्चार माध्यमलाई समेत आफ्नो विश्वसनीयता कायम गर्ने चुनौती थपिएको उनको भनाइ थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले कहिलेकाहीं मिडिया हतियारका रुपमा प्रयोग भएको बताए । उनले पछिल्लो समय प्रधानन्यायाधीश पराजुलीबारे मिडियामा अनावश्यक र गलत प्रचार भएको बताए ।

६०१ जना सभासद्ले अनुमोदन गरेको नागरिकता तथा शैक्षिक योग्यताका विषयमा सञ्चारमाध्यमले गलत प्रचार गरेको उनको भनाइ थियो । ‘उहाँ गलत हो भने ६०१ जनाले किन एक भएर प्रधानन्यायाधीका लागि अनुमोदन गरे ?’ श्रेष्ठले प्रश्न गरे ।

मिडियाले गलत प्रचार गर्दा उनको पारिवारिक जीवनमा समेत असर परेको श्रेष्ठले बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई नागरिकलाई भन्दा बढी अधिकार नरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !