४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रियसभाका तीन सांसदको मनोनयन देउवाले गर्ने कि ओलीले ?


sher bahadur and kepi oli

७ माघ, काठमाण्डौ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचन प्रक्रिया अघि बढ्दा माघ मसान्तसम्म नतिजा सार्वजनिक हुनेछ । तर, ५९ सदस्यीय राष्ट्रियसभाका ५६ सदस्यहरुको निर्वाचन सम्पन्न भए पनि बाँकी ३ जनाको सन्दर्भमा दलहरुबीच कुरा मिलेको छैन ।

संविधानअनुसार राष्ट्रियसभाका ५६ जना सदस्य प्रत्येक प्रदेशवाट ८ जनाको दरले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखको मतवाट निर्वाचित हुन्छन् । बाँकी ३ जनालाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस नेता तथा कानुनमन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभाको पूर्णतापछिमात्र संघीय संसद पूर्ण हुने भन्दै ३ सदस्य मनोनयनका लागि सिफारिस यहि सरकारले गर्ने बताए । उनले वाम गठबन्धनले प्रदेश प्रमुख र प्रदेश राजधानीमा अप्ठेरो पार्न खोजेकाले सांसद मनोनयनमा अब उसले भाग नपाउने बताए ।

विघटित संविधानसभाका अध्यक्ष तथा एमाले नेता सुवास नेम्वाङले भने एक दुई जना सदस्य मनोनित नहुँदैमा राष्ट्रियसभा अपूर्ण नहुने र अर्को सरकार आएपछि मनोनित हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !