६ जेष्ठ २०८१, आइतबार

प्रचण्ड नेतृत्वमा सरकार आवश्यक – नेता किराती


gopal kirati

एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य गोपाल किरातीले मुलुकमा विद्यमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले देशमा दिगो शान्ति तथा समृद्धि ल्याउन मधेस आन्दोलन, पुनःनिर्माण र शान्ति प्रक्रियाको विषयमा सबै दलको धारणा लिएर राष्ट्रिय सरकार निर्माण गर्न आफ्नो पार्टीभित्र छलफल थालिएको बताउनुभयो ।

नेता किरातीले भन्नुभयो – “एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । त्यो हुन नसके नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बनाउन सकिन्छ ।”
उहाँले वर्तमान सरकारले देशको समस्या तथा जनताको चाहना पूरा गर्न नसकेको बताउँदै अब पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

क्रान्तिमा भएको क्षतिको पूर्ति गर्न माओवादी पार्टीहरुबीच एकता हुनुपर्ने उहाँको भनाइ थियो । रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !