६ पुस २०८१, शनिबार

आयोगलाई प्रचण्ड-नेपालको प्रश्न : केपी ओलीलाई के आधारमा पार्टीको अध्यक्ष भनिँदैछ ?


दाहाल–नेपाल समूह दाहाल– नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले ओलीलाई कसरी अध्यक्ष भन्दै हुनुहुन्छ ? भन्ने प्रश्न गरेको छ । सोमबार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेताहरु लिखित पत्र लिएर आयोग पुगेर यस्तो प्रश्न गरिएको एक नेताले बताए ।

प्रचण्ड र नेपालसहित नेताहरुले पार्टीको आधिकारिकता विवादमा संविधान, कानुन, ऐन र विधिको आधारमा निर्णय लिन निर्वाचन आयोगलाई आग्रह गरेको नेताले बताए । ओली समूहले ल्याएको पत्र अध्ययन नै नगरी दर्ता गरेकोमा अध्यक्ष नेपालले आपत्ति जनाएका थिए ।

यो पनि पढ्नुहोस्

निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई प्रचण्ड–नेपाल समूहको माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !