२१ बैशाख २०८१, शुक्रबार

डोटीमा प्रहरी र प्रदर्शनकारीवीच झडप


doti

५ माघ, काठमाण्डौ । प्रदेश ७ को अस्थायी मुकाम माग गर्दै डोटीको सिलगढीमा भएको प्रदर्शनमा प्रहरी र आन्दोलनकारीवीच झडप भएको छ । झडपमा दुबैतर्फ गरी तीन दर्शन घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको अगाडि कोणसभा भइरहेका बेला प्रदर्शनकारीले कार्यालयको सुरक्षाका लागि खटिएका प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दै दजनौं सेल अश्रुग्यास प्रयोग गरेको छ ।

झडपमा एमाले डोटीका अध्यक्ष चक्र मल्लसहित दुई दर्जन प्रदर्शनकारी घाइते भएका छन् । तर, जिल्लाका प्रहरी प्रमुख एसपी मधुशुदन लुइटेलले भने सुरक्षामा खटिएका प्रहरीमाथि ढुङ्गा प्रहार भएपछि आत्म सुरक्षाका लागि अश्रुग्यास हान्नु परेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !