८ जेष्ठ २०८१, मंगलबार

ओलीलाई भेट्न उपराष्ट्रपति पुन पुगे बालकोट


oli and nanda bahadur pun

५ माघ, काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न उपराष्ट्रपति पुन शुक्रबार विहान भक्तपुरको बालकोट पुगेका थिए ।

उपराष्ट्रपति पुन एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न ओली निवास बालकोट पुगेको बताइएको छ । थाइल्यान्डको राजधानी बैंककमा नियमित स्वास्थ्य परीक्षण गराएर बिहीबार स्वदेश फर्किएका ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !