१४ बैशाख २०८१, शुक्रबार

ओली समूहका नेताहरु सच्चिएर आउँछ कि भनेर संगठनबाट नहटाएको : प्रवक्ता श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेताहरु सच्चिएर आउँछ कि भनेर संगठनबाट नहटाएको बताएका छन् । प्रवक्ता श्रेष्ठले ओली समूहमा रहेका नेताहरुलाई रुपान्तरणका लागि अवसर भएको समेत बताए ।

“संघर्ष मैत्रीपूर्ण होस्, शत्रुतापूर्ण नहोस् भन्ने नै हो । अझै पनि रुपान्तरणको लागि अवसर दिएका छौं”, मंगलबार पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले भने, “संवैधानिक निकायहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ । त्यसरी स्वतन्त्र ढंगले निर्णय गर्दा हामी नै नेकपा हौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !