२२ बैशाख २०८१, शनिबार

छापामार शैलीमा ओलीले कृषिक्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको भन्दै भट्टराईले भने, “ओली हटाऊॅ, देश बचाऊॅ”


प्रधानमन्त्री ओली र बाबुरामको जुहारी

काठमाडौं । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले छापामार शैलीमा ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको आरोप लगाएका छन्। जसपाका संघिय परिषद अध्यक्ष समेत रहेका डा. भट्टराईले छापामार शैलीमा ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुलागर्ने निर्णय गलत, जनघाती, राष्ट्रघाती रहेको टिप्पणी गरेका छन् ।

आज सामाजिक संजालमा एक स्टाटस लेख्दै भट्टराईले लेखेका छन्, “छापामार शैलीमा ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुलागर्ने जुन निर्णय गरेको छ । त्यो सबै हिसाबले गलत, जनघाती, राष्ट्रघाती छ । यसले उसै थला परेको कृषि झन् बर्बाद हुनेछ; किसान वेदखल हुनेछन्, खाद्य सुरक्षा धरापमा पर्नेछ, अर्थतन्त्र अरू परनिर्भर हुनेछ । सबैले प्रतिरोध गरौं। #ओली हटाऊॅ देश बचाऊॅ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !