१४ बैशाख २०८१, शुक्रबार

देउवा र स्वराजबीच राजनीतिक विषयमा छलफल


काठमाडौं, ९ वैशाख । नेपाली कााग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका छन् । भेटमा आपसी सम्बन्ध र हित साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार धर्मपत्नी डा आरजु राणा देउवाको उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा रहेका पूर्वप्रधानमन्त्री देउवा र विदेशमन्त्री स्वराजबीच भेटवार्ता भएको छ ।

दलका सभापति र संसदीय दलका नेतामा निर्वाचित भएपछि नेता देउवाको यो पहिलो विदेश भ्रमण हो । सभापति देउवा धर्मपत्नी आरजुको स्वास्थ्योपचारका क्रममा यही वैशाख ७ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !