१३ जेष्ठ २०८१, आइतबार

प्रचण्डको चुनावी खर्च ९ लाख ९४ हजार


prachanda

३ माघ, काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिव १० लाख रुपैयाँ खर्च गरेका छन् । पार्टी सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत जिल्ला निर्वाचन कार्यालय चितवनमा पेश गरिएको चुनावी खर्च विवरणमा प्रचण्डले ९ लाख ९४ हजार ५ सय ४२ रुपैयाँ खर्च गरेको जनाइएको छ ।

प्रचण्डसँगै चितवन क्षेत्र नम्बर तीनको प्रतिनिधिसभा सदस्यका अर्का उम्मेदवार राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष तथा वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च ९ लाख ३९ हजार ९ सय ४० रुपैयाँ पेश भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !