१९ बैशाख २०८१, बुधबार

“ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन भनी मैले भनेको भन्दै कुप्रचार गर्यो”


भीम रावल

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले आफूले भन्दै नभनेको कुरालाई समाचार माध्ययमले कुप्रचार गरेको चिन्ता व्यक्त गरेका छन् । आज सामाजिक संजालमा एक स्टाटस लेख्दै “ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन” भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले कुप्रचारको गरेको बताएका छन् ।

नेता रावलले खेलेका छन्, “ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन” भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु । त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो । मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु।म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु ।”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !