२० बैशाख २०८१, बिहिबार

मन्त्री खान पल्केका रायमाझी, थापा र साह राप्रपाका विनाविभागीय मन्त्री हुन बेर छैन : खगेन्द्र संग्रौला


खगेन्द्र संग्रौला

काठमाडौं । लेखक एवं राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले आज ओलीको सरकारमा मन्त्री खान गएका नेताहरु भोलि क्रान्तिकारी राजावादी राप्रपाका विनाविभागीय मन्त्री हुनसक्ने बताएका छन् ।

हिजो शुक्रवार ट्वीट गर्दै संग्रौलाले उनले नेकपाका नेताहरु प्रभु साह, टोपबहादुर रायमाझी र मणि थापालाई खाओवादीको संज्ञा दिएका छन् । उनले पूर्वमाओवादीका तीन नेताहरु खाओवादी औतार धारण गर्दै रैथाने हिटलर ओलीको कृपामा पुगेको भनेका छन्।

उनले आज खान पल्केकाहरु भोलि ओलीमा पनि नटिक्ने विश्लेषण गर्दै पूर्वमाओवादीभित्र अस्थीर राजनीतिक पृष्ठभूमि बोकेका नेताहरुलाई संग्रौलाले यिनीहरु मन्त्री खान कमल थापाको राजावादी राप्रपासम्म जानसक्ने व्यंग पनि गरेका छन् ।

संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘माओवादी वृत्तबाट आएका प्रभु साह, टोपबहाुर रायमाझी र मणि थापा खाओवादी औतार धारण गर्दै रैथाने हिटलर ओली सरका कृपाले मन्त्री हुने भएछन्। आज खान पल्केपछि भोलि तलतल मेट्न यी ‘‘क्रान्तिकारी’’ राजावादी राप्रपाका विना विभागीय मन्त्री हुन बेर छैन ! हैट, नवोदित खानका कालहरू !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !