१३ बैशाख २०८१, बिहिबार

मुख्यमन्त्री राईको पद धरापमा, अविश्वास प्रस्ताव ल्याउन तयारी गर्दै प्रचण्ड-नेपाल समूह


शेरधन राई

काठमाडौँ । ‘लहरो तान्दा पहरो गर्जन्छ’ भनेझैँ केन्द्रमा दुई समूहमा अनौपचारिक रुपमा विभाजन भएको नेकपाको असर प्रदेशमा पनि परेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको प्रचण्ड-नेपाल समूहले प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरूद्ध पनि अविश्वास प्रस्ताव ल्याउन तयारी गरेको छ ।

गोप्य स्रोतका अनुसार मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी रहेको बुझिएको छ । प्रदेशसभाकै बहुमत आफूहरूसँग रहेको प्रचण्ड-नेपाल समूहकाले दाबी गरेको छ । प्रदेशसभाका ९३ सांसदहरुमध्ये नेकपाका ६८ सांसदहरुमा पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना रहेका छन् ।

२०७४ मा प्रदेश सभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए । उनले एमालेका तत्कालीन सचिव भीम आचार्यलाई २ मतले हराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका राईले २६ मत पाउँदा माधव नेपाल निकटका आचार्यले २४ मत पाएका थिए । एकमत बदर भएको पनि आफूहरूकै रहेको प्रचण्ड-नेपाल समूहको दाबीसँगै मुख्यमन्त्री राई अल्पमतमा परेको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !